तराईका २२ जिल्लामा ३६ प्राविधिक माग

1k Shares

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लामा कार्यरत हुने गरी विभिन्न पदमा ३६ जना प्राविधिक जनशक्ति माग गरेको छ ।

केन्द्रले सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । माग गरिएका जनशक्तिले सम्बन्धित जिल्लामा वैकल्पिक ऊर्जा तथा प्रविधिसम्बन्धी कार्यक्रमको कार्यान्वयन, अनुगमन तथा प्राविधिक सहयोगमा काम गर्ने जनाइएको छ ।

केन्द्रका अनुसार छनोट हुने प्राविधिक जनशक्तिलाई आवश्यकता र कार्यक्रमअनुसार सम्बन्धित जिल्लामा खटाइनेछ । आवेदनका लागि आवश्यक शैक्षिक योग्यता, अनुभव, उमेर, दस्तुर तथा अन्य विवरण केन्द्रले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ । केन्द्रले आवेदनसम्बन्धी थप जानकारी आफ्नो आधिकारिक सूचनामार्फत उपलब्ध गराएको जनाएको छ ।

सम्बन्धित समाचार