रसुवाको भोटेकोशी उर्लियो, नदी किनारमा उच्च सतर्कता

1.1k Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएपछि नदी आसपास तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो। बाढीबाट के–कति क्षति भएको छ भन्ने विवरण भने तत्काल यकिन भइसकेको छैन र सम्बन्धित निकायले अवस्थाबारे जानकारी संकलन गरिरहेको जनाएको छ।

भोटेकोशी नदीमा पानीको बहाव उच्च भएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनारमा अनावश्यक रूपमा नजान तथा सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको छ।

बाढीको अवस्था र सम्भावित क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ। सम्बन्धित निकायले नदी आसपासका क्षेत्रको अवस्थामाथि निगरानी राखिरहेको जनाएको छ।

सम्बन्धित समाचार