848
Shares
काठमाडौं । रसुवामा आएको बाढीपछि बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन।
रसुवामा एक्कासि आएको बाढीका कारण ठूलो क्षति भएको जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिए पनि क्षतिको यकिन विवरण भने प्राप्त भइसकेको छैन।
सम्पर्कविहीन सशस्त्र प्रहरीको खोजी तथा उद्धारका लागि थप प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।