रसुवामा उद्धारको पर्खाइमा २०० जना, वडा सदस्य घलेले भने– ‘हामी उद्धारको पर्खाइमा छौँ

1k Shares

काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा फसेका करिब २०० जना उद्धारको पर्खाइमा रहेका छन्। स्थानीय जनप्रतिनिधिका अनुसार बाढीका कारण सडक तथा आवागमनका मार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान कठिनाइ भएको छ।

वडा सदस्य पेमा दोर्जे घलेले आफूहरूसहित करिब २०० जना उद्धारको पर्खाइमा रहेको बताएका छन्। बाढीका कारण सम्पर्क तथा आवागमन प्रभावित भएपछि तत्काल उद्धार आवश्यक रहेको उनले बताएका छन्।

रसुवामा बाढीले विद्युत गृह, सबस्टेसन, सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। बाढीपछि टिमुरे बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।

प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि सुरक्षाकर्मी परिचालन गर्ने प्रयास भइरहेको छ। स्थानीयवासीले तत्काल उद्धार टोली र आवश्यक राहत सामग्री पठाउन माग गरेका छन्।

 
 
 
 
सम्बन्धित समाचार