बाढीपछिको खोजी जारी, हालसम्म ७३ जनाको शव फेला

1.3k Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोजी तथा उद्धारका क्रममा विभिन्न जिल्लाबाट हालसम्म ७३ जनाको शव फेला परेको छ।

बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वसम्म क्षति पुर्‍याएको छ। यसअघि साँझसम्म ७२ जनाको शव फेला परेको विवरण सार्वजनिक भएको थियो। खोजी कार्य जारी रहेकाले मृतक तथा बेपत्ता व्यक्तिको संख्या थप परिवर्तन हुन सक्ने सम्बन्धित निकायले जनाएको छ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासन उद्धार र खोजी कार्यमा परिचालित छन्। बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा घाइतेको उपचार र राहत व्यवस्थापनको काम पनि जारी छ।

बाढीबाट प्रभावित क्षेत्रको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र खोजी तथा उद्धार कार्य जारी रहेकाले आधिकारिक तथ्यांक अद्यावधिक हुँदै जाने बताइएको छ।

सम्बन्धित समाचार