तिब्बतबाट आएको बाढी तराईसम्म, सुस्तावासीलाई सुरक्षित स्थानमा सारियो

1.3k Shares

काठमाडौं । तिब्बतबाट आएको भीषण बाढीको प्रभाव तराई क्षेत्रसम्म पुगेपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनार तथा जोखिमयुक्त बस्तीमा रहेका स्थानीयलाई स्थानान्तरण गरिएको हो।

तिब्बत क्षेत्रमा आएको भीषण बाढीको असर नेपालका विभिन्न नदी प्रणालीमा देखिन थालेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत नदीको बहाव र जलस्तर बढेको छ।

नारायणी नदीको बहाव बढेसँगै सुस्ता क्षेत्रका स्थानीयमा त्रास बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र सुरक्षाकर्मीको समन्वयमा जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम गरिएको जनाइएको छ।

अधिकारीहरूले नदी किनार आसपासका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परेमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। बाढीको प्रभाव अझै विस्तार हुन सक्ने भएकाले सम्बन्धित निकायले नदीको जलस्तर र सम्भावित जोखिमको निरन्तर निगरानी गरिरहेको छ।

सम्बन्धित समाचार