भारतद्वारा बाढी प्रभावित नेपालका लागि १० टन राहत सामग्री पठाइयो

1k Shares

काठमाडौँ । नेपालमा आएको भीषण बाढीबाट प्रभावितहरूका लागि भारतले मानवीय सहायता पठाएको छ। भारतले करिब १० टन राहत सामग्री तथा अत्यावश्यक औषधि नेपाल पठाएको जनाएको छ।

भारतले विशेषगरी बाढीबाट गम्भीर रूपमा प्रभावित रसुवा जिल्लाका नागरिकलाई लक्षित गरी राहत सामग्री पठाएको हो। भारतका विदेशमन्त्रीले विपद्को यस कठिन घडीमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक मानवीय सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि पनि भारतले नेपालमा बाढी तथा पहिरोका बेला राहत सामग्री उपलब्ध गराउँदै आएको छ। पछिल्लो सहयोगले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री र औषधिको अभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ

सम्बन्धित समाचार