बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह विदुरतर्फ प्रस्थान

883 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। उनीहरू बिहीबार बिहान साढे ९ बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन्।

बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको स्थलगत अवस्थाको निरीक्षण गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका कामबारे जानकारी लिने बताइएको छ।

सम्बन्धित समाचार