नेपालको विपद्मा बंगलादेशको साथ, विदेशमन्त्रीबीच टेलिफोन वार्ता

1k Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच नेपालमा आएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यबारे टेलिफोन वार्ता भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार बिहीबार भएको टेलिफोन वार्तामा दुई देशका मन्त्रीबीच रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद्को अवस्था र प्रभावित नागरिकको उद्धार तथा राहतका विषयमा छलफल भएको हो।

वार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले विपद्बाट प्रभावित नेपाललाई अत्यावश्यक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका विषयमा नेपालले बंगलादेशसँग आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने बताएका छन्।

बंगलादेशका विदेशमन्त्री रहमानले पनि विपद्को यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन्।

रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेका बेला दुई देशका विदेशमन्त्रीबीच भएको टेलिफोन संवादलाई विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोग र समन्वयका दृष्टिले महत्वपूर्ण मानिएको छ।

नेपालमा विपद्पछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निकाय सक्रिय भइरहेका छन्। सरकारले पनि मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोगलाई प्रभावित क्षेत्रमा आवश्यकताअनुसार परिचालन गर्ने तयारी गरिरहेको छ।

सम्बन्धित समाचार