1.1k
Shares
काठमाडौँ । पद्म ज्योति समूहले बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रको पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक करोड रुपैयाँ सहयोग गरिएको समूहले जनाएको छ ।
पछिल्लो समय बाढी तथा हिमबाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि सरकारी निकायसँगै विभिन्न निजी क्षेत्र, सामाजिक संस्था तथा व्यक्तिहरूले सहयोग घोषणा गरिरहेका छन् ।