गोरखामा आगलागीबाट घर पूर्णरूपमा नष्ट

1k Shares
 
 

१४ भदौ, गोरखा । गोरखा नगरपालिका–३ नारेश्वरस्थित एक घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय सीता अर्यालको ढुंगा–माटोले बनेको कच्ची घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा भाँडाकुँडा लगायतका सबै सामग्री जलेर नष्ट भएका छन् ।

‘आगलागीबाट अन्नपात, लत्ताकपडा र भाँडाकुँडा सबै नष्ट भएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘मानवीय क्षति भने छैन ।’

प्रहरी र स्थानीयवासीको समन्वयमा आगो नियन्त्रणमा लिइएको उनले बताए । आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार