चितवनमा भेटिएका ९ शवको सनाखत, दुई प्रहरी असईसहित

1k Shares

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिमध्ये २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीले सङ्कलन गरेका ती शवमध्ये ९ जनाको सनाखत भएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिएका छन् ।

सनाखत हुनेमा दुई जना प्रहरी सहायक निरीक्षक (असई) सहित ९ जना रहेका छन् । नुवाकोटका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल र रामेछापका प्रहरी सहायक निरीक्षक रामहरि खड्काको समेत शव पहिचान भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सनाखत भएका अन्य मृतकमा बाँकेको कोहलपुर नगरपालिका–११ का कविलाल चौधरी, रसुवाको उत्तरगया गाउँपालिका–१ बेत्रावतीका भुवन मगर, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ का रमेश मगर, नुवाकोट ककनीका अर्जुन बलामी, बाँकेको कोहलपुर–११ का रमेश थारु, नुवाकोट किस्पाङ–५ की तेरिना गुरुङ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का पेमा सिंह शेर्पा रहेका छन् ।

एसएसपी धमलाका अनुसार मृतकका परिवार तथा आफन्तले शव पहिचान गरेका हुन् ।

चितवनमा सनाखत भएका ९ जनाको नामावली

१. प्रसनि रामकाजी पौडेल, ४३ वर्ष — नुवाकोट
२. कविलाल चौधरी, २३ वर्ष — कोहलपुर नगरपालिका–११, बाँके
३. असई रामहरि खड्का — मन्थली नगरपालिका–४, रामेछाप
४. भुवन मगर — उत्तरगया गाउँपालिका–१, बेत्रावती, रसुवा
५. रमेश मगर — हेटौँडा उपमहानगरपालिका–१५, मकवानपुर
६. अर्जुन बलामी — ककनी, नुवाकोट
७. रमेश थारु — कोहलपुर नगरपालिका–११, बाँके
८. तेरिना गुरुङ — किस्पाङ गाउँपालिका–५, नुवाकोट
९. पेमा सिंह शेर्पा — भोटेकोशी गाउँपालिका–३, सिन्धुपाल्चोक

यसैबीच, पहिचान नखुलेका ९६ शव देवघाट धामस्थित जङ्गलमा गाडेर सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिएका छन् । पहिचान खुल्न बाँकी शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार