प्रधानमन्त्रीले लिए सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ
1k
Shares
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थालेका छन्।
भोटेकोशी बाढीपछि जारी उद्धार, खोज तथा राहत अभियान, सुरक्षा व्यवस्थापन र प्रभावित क्षेत्रमा परिचालित सुरक्षा संयन्त्रबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग जानकारी लिइरहेका हुन्।
ब्रिफिङका क्रममा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा परिचालित जनशक्ति, उद्धारको अवस्था, बेपत्ता नागरिकको खोजी, शव व्यवस्थापन तथा थप उद्धारका लागि आवश्यक तयारीबारे जानकारी लिइने बताइएको छ।
प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्रलाई थप प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिने अपेक्षा गरिएको छ। पछिल्लो समय रसुवा हुँदै त्रिशूली नदी आसपासका विभिन्न जिल्लामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकार उद्धार, खोज तथा राहतलाई तीव्र बनाउने प्रयासमा छ।