रसुवा बाढीपीडितका लागि हिमालयन बैंकले ३ करोड १ लाख दिने

1.1k Shares

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा प्रदान गर्ने निर्णय गरेको जनाएको छ।

भदौ १० गते बिहान रसुवा हुँदै बग्ने भोटेकोसी नदीमा अचानक गेग्रानसहित आएको बाढीले भोटेकोसी तथा त्रिशूली नदी किनारका साथै आसपासका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपत्तिमा परेका नागरिकप्रति सहानुभूति प्रकट गरेको छ।

बैंकले दुःखद् परिस्थितिमा प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै उद्धार तथा राहत कार्यमा आवश्यक सहयोगका लागि सम्बन्धित सबै पक्षलाई अपिलसमेत गरेको छ।

सम्बन्धित समाचार