साल्ट ट्रेडिङसँग ६ महिनालाई पुग्ने नुन, ग्यास आपूर्ति नियमित पारिँदै

1k Shares

साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन विभिन्न तयारी अघि बढाएको जनाएको छ। कर्पोरेशनले उपभोक्ताको मागअनुसार खाना पकाउने ग्यासको आपूर्ति नियमित बनाउन पहल गरिरहेको छ।

कर्पोरेशनका अनुसार देशभर करिब ६ महिनालाई पुग्ने नुनको मौज्दात रहेको छ। त्यसैले तत्काल नुनको अभाव हुने अवस्था नरहेको बताइएको छ।

ग्यासको हकमा भने मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग समन्वय भइरहेको छ। बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन अनुगमनलाई समेत प्रभावकारी बनाउने तयारी गरिएको छ।

साल्ट ट्रेडिङले उपभोक्तालाई आवश्यकताभन्दा बढी नुन तथा ग्यास सञ्चय नगर्न आग्रह गर्दै आपूर्ति व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार