बाढीले बदलिएको बेत्रावतीको भूगोल, हरायो सम्पदा–बाँकी रहे स्मृति

1.2k Shares

बेत्रावती क्षेत्रमा आएको भीषण बाढीले यहाँको भौगोलिक स्वरूप नै परिवर्तन गरिदिएको छ। बाढीका कारण नदी आसपासका बस्ती, संरचना तथा ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगेको छ।

बाढीको भेलले वर्षौँदेखि स्थानीयको जीवन, संस्कृति र इतिहाससँग जोडिएका कतिपय संरचना तथा स्थलहरू बगाएपछि पुराना सम्झनाहरू मात्रै बाँकी रहेका छन्। बेत्रावतीको पुरानो स्वरूप अहिले फेरिएको छ भने स्थानीयवासीले विगतका ती दृश्यलाई स्मृतिमा मात्रै जोगाउनुपर्ने अवस्था आएको छ।

प्राकृतिक विपत्तिले भौतिक क्षति मात्रै नभई स्थानीय इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएका सम्पदासमेत गुम्ने जोखिम बढाएको स्थानीयको भनाइ छ। बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार