बाढीले अनोजलाई बगायो, क्यान्सर पीडित आमा दोहोरो पीडामा

1k Shares

काठमाडौं । भोटेकोशीमा आएको बाढीले २६ वर्षीय पर्यटक गाइड अनोज धमलालाई बगाएपछि उनकी क्यान्सर पीडित आमा थप पीडामा परेकी छन्। आमाको उपचारका लागि खर्च जुटाउँदै आएका अनोज बाढीमा परेर बेपत्ता भएका हुन्।

पर्यटक गाइडका रूपमा काम गर्दै आएका अनोज परिवारको आर्थिक सहारा समेत थिए। क्यान्सरबाट पीडित आमाको उपचार खर्च जुटाउने जिम्मेवारी बोकेका उनी आफैं विपद्को चपेटामा परेपछि परिवारमा ठूलो संकट आइपरेको छ।

छोराको अवस्था अज्ञात भएपछि आमासहित परिवारजन शोक र चिन्तामा छन्। एकातिर आफ्नो स्वास्थ्य उपचारको पीडा र अर्कोतर्फ छोराको खोजीको चिन्ताले आमालाई दोहोरो पीडा थपिएको छ।

 
 
 
सम्बन्धित समाचार