नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा जनकराज कालाखेती

1.4k Shares

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि)को निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । मन्त्रालयले उनलाई निगमको नेतृत्व सम्हाल्ने गरी जिम्मेवारी दिएको जनाएको छ ।

यसअघि महेश्वरभक्त श्रेष्ठको नियुक्ति अदालतबाट बदर भएपछि निगमको महाप्रबन्धक पद रिक्त रहेको थियो । त्यसपछि मन्त्रालयले कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।

निगमको नेतृत्व रिक्त रहेको अवस्थामा कालाखेतीले अर्को व्यवस्था नभएसम्म कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्नेछन् ।

सम्बन्धित समाचार