प्रधानमन्त्रीले तीनवटै सुरक्षा निकायका प्रमुखसँग गरे उच्चस्तरीय छलफल
1.4k
Shares
काठमाडौं । प्रधानमन्त्रीले मुलुकको समग्र सुरक्षा अवस्था तथा पछिल्लो परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल गरेका छन्।
प्रधानमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा छलफल गरेका हुन्। पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै शान्ति–सुरक्षा मजबुत बनाउन सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा छलफल भएको बताइएको छ।
छलफलका क्रममा मुलुकको वर्तमान सुरक्षा चुनौती, नागरिकको सुरक्षा, संवेदनशील क्षेत्रको अवस्था तथा सम्भावित जोखिम न्यूनीकरणका उपायबारे समेत जानकारी लिइएको थियो।
प्रधानमन्त्रीले नागरिकको जीउधनको सुरक्षा र सार्वजनिक शान्ति कायम गर्न सुरक्षा निकायलाई जिम्मेवार तथा संयमित ढंगले काम गर्न निर्देशन दिएको जनाइएको छ।
बैठकमा सुरक्षा निकायबीचको समन्वय थप प्रभावकारी बनाउँदै बदलिँदो परिस्थितिअनुसार सुरक्षा रणनीति अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।