भोटेकोशी बाढी प्राकृतिक विपद् होइन, जलवायु संकटको परिणाम हो : सभापति लामिछाने

1.4k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको बाढीलाई सामान्य प्राकृतिक विपद्का रूपमा मात्र हेर्न नहुने बताएका छन्।

उनले पछिल्लो समय देखिएका यस्ता विपद् जलवायु परिवर्तन तथा जलवायु संकटसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यसको दीर्घकालीन प्रभावबारे गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

लामिछानेका अनुसार भोटेकोशी क्षेत्रमा भएको क्षतिलाई केवल बाढीका रूपमा व्याख्या गर्नु पर्याप्त हुँदैन। जलवायु परिवर्तनका कारण मौसममा आएको असामान्य परिवर्तन, अत्यधिक वर्षा तथा त्यसबाट सिर्जित जोखिमले यस्ता घटना बढाउँदै लगेको उनको भनाइ छ।

उनले विपद्पछि उद्धार र राहतमा मात्रै केन्द्रित नभई जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताए। जलवायु संकटबाट हुने क्षति कम गर्न राज्यले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने उनको धारणा छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनुपर्ने बताउँदै लामिछानेले विपद्को जोखिममा रहेका क्षेत्रको पहिचान गरी समयमै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका छन्।

 
 
 
सम्बन्धित समाचार