ओमानलाई हराउँदै नेपाल इमर्जिङ एसिया कपमा छनोट

1.6k Shares

काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ। बिहीबार भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरेको हो।

प्रिमियर कपको फाइनलमा पुग्ने दुई टोलीसँगै तेस्रो स्थानमा रहने टोली पनि इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुने प्रावधान छ। त्यसैले सेमिफाइनलमा ओमानलाई हराएर फाइनल पुगेको नेपालले प्रतियोगिता सकिनुअघि नै इमर्जिङ एसिया कपको टिकट पक्का गरेको हो।

अब नेपालको लक्ष्य प्रिमियर कपको उपाधि जित्नु हुनेछ। एसीसी एसिया कपमा छनोट हुन भने नेपालले शनिबार हुने फाइनलमा यूएईलाई पराजित गर्नुपर्नेछ।

नेपाल र यूएईबीचको फाइनल खेल एसिया कप छनोटका दृष्टिले महत्वपूर्ण हुनेछ। उपाधि जित्ने टोलीले एसिया कपमा स्थान बनाउने भएकाले नेपाली टोली फाइनलमा उच्च मनोबलका साथ मैदान उत्रनेछ।

सेमिफाइनलमा ओमानलाई पराजित गर्दै फाइनल पुगेपछि नेपालको इमर्जिङ एसिया कपमा सहभागिता निश्चित भइसकेको छ। अब शनिबारको फाइनल जित्दै एसिया कपमा समेत स्थान बनाउने नेपालको लक्ष्य हुनेछ।

सम्बन्धित समाचार