वसन्तपुरमा सामूहिक कुमारी पूजा, तस्बिरमा हेर्नुहोस्

1.5k Shares

काठमाडौं । काठमाडौंको वसन्तपुरमा सामूहिक कुमारी पूजा गरिएको छ। इन्द्रजात्राका क्रममा लिङ्गो ठड्याएपछि परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो।

पूजामा रजस्वला नभएका बालिकालाई कुमारीका रूपमा सहभागी गराइएको थियो। धार्मिक तथा सांस्कृतिक विधिअनुसार गरिएको उक्त पूजामा भक्तजनको समेत उल्लेख्य सहभागिता रहेको थियो।

काठमाडौं उपत्यकाको मौलिक संस्कृति र परम्परासँग जोडिएको कुमारी पूजा इन्द्रजात्राका महत्वपूर्ण धार्मिक गतिविधिमध्ये एक मानिन्छ। वसन्तपुर क्षेत्रमा भएको पूजाले नेवार समुदायको धार्मिक तथा सांस्कृतिक परम्परालाई झल्काएको छ।

सम्बन्धित समाचार