विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन व्यस्त शिल्पकार
1.4k
Shares
काठमाडौं । विश्वकर्मा पूजाको तयारीसँगै मूर्तिकार तथा शिल्पकारहरू भगवान् विश्वकर्माका मूर्ति बनाउन व्यस्त भएका छन्।
विश्वकर्मा पूजालाई लक्षित गर्दै विभिन्न स्थानमा मूर्ति निर्माणको काम तीव्र पारिएको छ। शिल्पकारहरू माटो, प्लास्टर तथा अन्य सामग्री प्रयोग गरी आकर्षक मूर्ति बनाउन दिनरात मेहनत गरिरहेका छन्।
विशेषगरी उद्योग, कलकारखाना, वर्कसप तथा मेसिनरी क्षेत्रमा विश्वकर्मा पूजाको विशेष महत्त्व रहने भएकाले पूजाका लागि मूर्तिको माग बढ्ने गरेको शिल्पकारहरू बताउँछन्।
पूजाको मिति नजिकिँदै जाँदा मूर्ति निर्माण तथा सजावटको काम पनि अन्तिम चरणमा पुगेको छ। शिल्पकारहरू ग्राहकको मागअनुसार विभिन्न आकार र स्वरूपका मूर्ति तयार गर्न व्यस्त देखिएका छन्।