काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बोधराज श्रेष्ठले त्रिशूली नदीमा हराइरहेका व्यक्तिहरूको खोजी कार्यलाई थप तीव्र बनाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले त्रिशूलीमा बस खसेपछि बेपत्ता भएका यात्रुको खोजीमा राज्यका सम्बन्धित निकायले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका हुन्।
उनले विपद्का कारण आफन्त गुमाएका परिवारको पीडा गम्भीर रहेको उल्लेख गर्दै खोजी तथा उद्धार कार्यमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिए। हराइरहेका व्यक्तिहरूको अवस्था पत्ता लगाउन उपलब्ध प्रविधि, जनशक्ति तथा सुरक्षा निकायको अधिकतम परिचालन गर्नुपर्ने उनको माग थियो।
त्रिशूलीमा भएको दुर्घटनापछि बेपत्ता भएकाहरूको खोजी जारी रहे पनि कठिन भौगोलिक अवस्था र नदीको बहावका कारण खोजी कार्य चुनौतीपूर्ण बन्दै आएको छ।