राष्ट्रियसभा बैठक सुरु, तीन मन्त्रालयका मौखिक प्रश्नमा मन्त्रीले जवाफ दिने
666
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार सुरु भएको छ। सिंहदरबारस्थित राष्ट्रियसभा भवनमा अपराह्न १ः१५ बजे बैठक सुरु भएको हो।
बैठकको कार्यसूचीअनुसार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभासमक्ष जानकारी गराइनेछ। त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा तथा खेलकुद र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ।
त्यसैगरी राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक विषयसँगै विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर र कानुन निर्माण तथा नीतिगत विषयमा छलफल हुने कार्यसूची छ।