देवानगञ्जमा युवतीको विषयलाई लिएर विवाद, गोली चल्दा किशोर घाइते

1.3k Shares

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा युवतीको विषयलाई लिएर भएको विवादका क्रममा गोली चलेपछि एक युवक घाइते भएका छन् ।

देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्ज क्षेत्रमा शनिबार साँझ विवादका क्रममा गोली चलेको बताइएको छ। गोली लागेर १९ वर्षीय निरजकुमार यादव घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख छ। उनको शरीरमा लागेको गोली निकालिएको जनाइएको छ।

घाइते यादवको उपचार विराटनगरस्थित नोबेल अस्पतालमा भइरहेको छ। घटनापछि प्रहरीले विवादमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण, गोली कसले चलायो र विवाद कसरी बढ्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा व्यक्तिगत विवाद तथा युवतीसँग सम्बन्धित विषयलाई घटनाको कारणका रूपमा हेरिएको भए पनि अनुसन्धान पूरा भएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

घटनापछि सामाजिक सञ्जालमा विभिन्न किसिमका विवरण सार्वजनिक भएका छन्। प्रहरीले भने आधिकारिक पुष्टि नभएका सूचनाका आधारमा निष्कर्षमा नपुग्न र घटनाबारे तथ्यपरक विवरण मात्र सार्वजनिक गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार