काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा कमी आउँदा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको हो।
महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर सोमबार ३ लाख ४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि सोहीअनुसार घटेको छ।
यता चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर ४ हजार ८ सय रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढाव तथा घरेलु बजारमा माग र आपूर्तिको अवस्थाका आधारमा नेपाली बजारमा पनि दैनिक रूपमा मूल्य परिवर्तन हुँदै आएको छ।