883
Shares
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।
महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ४ हजार ७ सय ७५ रुपैयाँमा कायम भएको छ।
यससँगै मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउमा गिरावट आएको छ। पछिल्ला दिनमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ।