चिकित्सकलाई कुटपिट गरे ५ वर्ष कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

925 Shares

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट तथा दुर्व्यवहार नियन्त्रण गर्न सरकारले कडा कानुनी व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावित व्यवस्थाअनुसार डाक्टरमाथि कुटपिट गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद तथा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राख्न खोजिएको छ।

स्वास्थ्यकर्मीमाथि हातपात, धम्की, गालीगलौज तथा अपमानजनक व्यवहारका घटना बढ्दै गएपछि सरकारले कानुनी सजाय थप कडा बनाउने तयारी गरेको हो।

यसअघि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि तोडफोड वा कुटपिट गर्नेलाई तुलनात्मक रूपमा कम सजाय हुने व्यवस्था थियो। विद्यमान व्यवस्थामा स्वास्थ्य संस्था तोडफोड वा स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ। 

त्यस्तै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

नयाँ प्रस्ताव कार्यान्वयनमा आएमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक गतिविधिमा थप कडा कानुनी कारबाहीको बाटो खुल्नेछ। स्वास्थ्य क्षेत्रमा सुरक्षित कार्य वातावरण निर्माण गर्न यस्तो व्यवस्था आवश्यक रहेको तर्क गरिएको छ। 

2/2
 
सम्बन्धित समाचार