1.6k
Shares
जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पुगेसँगै नेपालले कम्तीमा कास्य पदक पक्का गरेको हो।
नेपालले समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने चाइनिज ताइपेईसँग ३७–१८ ले पराजित भयो।
समूह ‘बी’मा नेपालसँगै थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेई रहेका छन्। प्रतियोगिताको नियमअनुसार समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने र सेमिफाइनलमा पराजित हुने दुवै टोलीले कास्य पदक प्राप्त गर्ने प्रावधान छ।
यसअघि सन् २०२३ मा चीनको हाङचाउमा भएको १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।