862
Shares
भारी वर्षासँगै बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रशासनका अनुसार असोज ७ देखि ११ गतेसम्म राति ९ बजेदेखि बिहान ५ बजेसम्म भेडेटार–रवि–राँके सडकखण्ड, मूलघाटदेखि पाँचथर सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सवारीसाधनमा रोक लगाइनेछ।
अत्यावश्यकबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरो तथा डुबानको सम्भावनालाई ध्यान दिँदै सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।