काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले समूह ‘ए’को खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो ।
जापानको आइचीस्थित निशिनको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।
नेपाल रहेको समूह ‘ए’मा अफगानिस्तान र आयोजक जापान छन् । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरिसकेको छ । त्यसैले नेपालका लागि समूह चरणको यो खेल प्रतियोगिताको नकआउट चरणमा पुग्ने यात्राका दृष्टिले महत्वपूर्ण हुनेछ ।
समूह ‘ए’बाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा स्थान बनाए नेपालले अर्को समूहका भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि भएको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो । यसपटक नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।