मौसममा क्रमिक सुधारको संकेत, आज रातिदेखि वर्षा घट्ने

1.2k Shares

काठमाडौं । देशमा सक्रिय रहेको न्यूनचापीय प्रणाली क्रमशः कमजोर हुँदै गएकाले आज रातिदेखि मौसममा सुधार आउने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही भू–भागमा बदलीसहित वर्षा भइरहेको भए पनि न्यूनचापीय क्षेत्र कमजोर हुँदै जाँदा वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
मौसम प्रणाली कमजोर हुँदै गएसँगै आज रातिदेखि अधिकांश क्षेत्रमा वर्षाको मात्रा घट्ने र मौसम क्रमशः खुल्दै जाने अपेक्षा गरिएको छ। यद्यपि स्थानीय वायुमण्डलीय प्रभावका कारण केही स्थानमा छिटपुट वर्षा भने जारी रहन सक्नेछ।

सम्बन्धित समाचार