सुनको मूल्य घट्यो, आज तोलाको कति ?

988 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको हो।

आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ थियो। अर्थात् सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७८० रुपैयाँ थियो।

यसअनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६२ हजार ४३० रुपैयाँ कायम भएको छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार