बाढीले क्षतविक्षत बन्यो नारायणी नदी किनार, करोडौँका संरचनामा क्षति

918 Shares

चितवन । नारायणी नदीमा आएको भीषण बाढीले नदी किनार क्षेत्रका विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण नारायणगढ आसपासको नदी किनार क्षेत्र क्षतविक्षत बनेको छ भने करोडौँ रुपैयाँ बराबरका संरचना तथा भौतिक पूर्वाधारमा क्षति पुगेको जनाइएको छ।

नदीमा आएको अत्यधिक बहावका कारण नदी किनारमा निर्माण गरिएका संरचना, व्यवसायिक क्षेत्र तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेको हो। बाढीले नदीको कटानसमेत तीव्र बनाएपछि स्थानीयवासीमा थप क्षतिको त्रास बढेको छ।

यसअघि नारायणी नदीको जलसतह खतराको तहभन्दा माथि पुगेपछि चितवन र नवलपरासीका नदी तटीय तथा होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो। जलसतह बढेसँगै तटीय बस्तीमा पानी पस्नुका साथै घर तथा विद्यालयसमेत प्रभावित भएका थिए।

बाढीका कारण नारायणी पुलसमेत प्रभावित भएको थियो। नदीमा बाँधेर राखिएको क्रुज पानीको बहावले बगाएर पुलको संरचनामा अड्किएपछि पुलमा केही समय यातायातसमेत रोकिएको थियो।

बाढीको पानी घट्दै गएपछि क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन तथा थप जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले आवश्यक काम अघि बढाउने तयारी गरेका छन्।

 
 
 
सम्बन्धित समाचार