1.7k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भइरहेको मतगणनामा उदयशमशेर राणाले पहिलोपटक अमरसिंह पुन मगरलाई उछिनेका छन्। यसअघि पछि रहेका राणाले मतगणना अघि बढ्दै जाँदा पुनलाई पछि पार्दै अग्रता बनाएका हुन्।
महामन्त्रीको खुलातर्फ दुई पदका लागि प्रतिस्पर्धा भइरहेको छ। यसमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् भने राणा र पुनबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा रोचक बनेको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा महामन्त्री पदलाई विशेष चासोका साथ हेरिएको छ। खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुने भएकाले उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।