२४ घण्टामा विपद्का २४ घटना, एक जनाको मृत्यु र ११ घाइते

988 Shares

काठमाडौँ । बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट १८ लाख दुई हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ।

प्राधिकरणका अनुसार उक्त अवधिमा आगलागीका १५, सर्पदंशका पाँच र जनावरको आक्रमणसम्बन्धी एउटा घटना भएका छन्। विपद्का घटनाबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५ देखि आजसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७७ जना र लागूऔषध सेवन गरी सवारी चलाउने २६ जना चालकलाई कारबाही गरेको छ।

सम्बन्धित समाचार