जुम्लामा युद्धकालीन बम विस्फोट, १४ वर्षीय बालकसहित दुई घाइते

960 Shares

सिँजा (जुम्ला), कात्तिक ३ गते । जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार बिहान भएको विस्फोटमा स्थानीय १४ वर्षीय बलबहादुर रोकाया र १८ वर्षीय कमल थापा घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये कमलको अवस्था सामान्य छ भने बलबहादुरको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते बलबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक दाहालले विस्फोट भएको बम युद्धकालीन रहेको जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

युद्धकालमा प्रयोग भएका विस्फोटक पदार्थ अझै पूर्ण रूपमा नष्ट नहुँदा विभिन्न स्थानमा यस्ता घटना हुने जोखिम रहँदै आएको छ।

सम्बन्धित समाचार