1k
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गरेका छन्।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज बिहान १०ः२६ बजेको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेका हुन्।
यसअघि विजया दशमीका दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने परम्परा रहँदै आएको थियो। तर, गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण एवं हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै उक्त कार्यक्रम सञ्चालन गरिएको छैन।
विजया दशमीका अवसरमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्त्व राख्दै आएको छ।