792
Shares
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराजा बुढाथोकीका अनुसार शुक्रबार होटलमा आगलागी भएको हो।
प्रारम्भिक जानकारीअनुसार ग्यास पल्टिएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागीको वास्तविक कारण भने यकिन भइसकेको छैन।
प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। आगलागीपछि सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
होटलमा लागेको आगो नियन्त्रणमा लिन प्रयास जारी रहेकाले क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।