जाडोयामका लागि सरकारी कार्यालयको नयाँ समयतालिका लागू हुँदै, अब ४ बजेसम्म मात्र सेवा

722 Shares

काठमाडौं । सरकारले जाडोयामलाई लक्षित गर्दै सरकारी कार्यालयको दैनिक कार्यसमय परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएका छन्।

गृह मन्त्रालयले नेपाल राजपत्रमा यसअघि नै सूचना प्रकाशित गर्दै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुने हिउँदे कार्यालय समय निर्धारण गरेको हो।

नयाँ समयतालिकाअनुसार सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजे खुल्नेछन् भने दिउँसो ४ बजे बन्द हुनेछन्। तर, शैक्षिक संस्थाको हकमा यो व्यवस्था लागू हुने छैन।

यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ व्यवस्था लागू भएसँगै कार्यालय समय दैनिक एक घण्टा घट्नेछ।

सरकारले जाडोयामको अवधिभर यही समयतालिकाअनुसार सरकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ।

सम्बन्धित समाचार