भोलि दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

1k Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार खण्डमा भोलि (कात्तिक १६ गते सोमबार) तीन घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि उक्त सडकखण्ड बन्द गर्न लागेको जनाएको हो ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द

योजना कार्यालयका अनुसार कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटारस्थित पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ ।

निर्माण कार्य सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त अवधिमा यातायात बन्द गर्न लागिएको कार्यालयले जनाएको छ ।

 

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

सडक योजना कार्यालयले निर्धारित समयमा यात्रा गर्ने सवारीचालक तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

त्यसैगरी, यात्राका क्रममा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न र सम्बन्धित निकायले जारी गर्ने सूचनालाई ध्यान दिन पनि अनुरोध गरिएको छ ।

तीन घण्टाको काम सम्पन्न भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार