स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. गोविन्द केसी काठमाडौं ल्याइए, टिचिङ अस्पतालमा उपचार हुँदै

1.1k Shares

काठमाडौं । स्वास्थ्य अवस्था जटिल बनेपछि अनशनरत डा. गोविन्द केसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान इलामबाट काठमाडौं ल्याइएको छ। उनलाई थप उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको छ।

इलामको नारायणस्थान मन्दिर परिसरमा २५औँ सत्याग्रह थालेका केसी शनिबार राति इलाम अस्पताल भर्ना भएका थिए।

चिकित्सकका अनुसार उनको रगतमा ग्लुकोजको मात्रा घटेर प्रतिडेसिलिटर ३५ मिलिग्राम पुगेको थियो। साथै रक्तचाप र मुटुको चालमा समेत समस्या देखिएको थियो।

टाइप–२ मधुमेहका बिरामी केसीले ग्लुकोज लिन अस्वीकार गरिरहेको चिकित्सकहरूले बताएका छन्।

गेटा अस्पतालमा मेडिकल शिक्षा स्थगन गर्नुपर्नेलगायतका माग राख्दै उनले सत्याग्रह सुरु गरेका थिए।

उनको स्वास्थ्य अवस्था जटिल बनेपछि सत्याग्रह र उठाइएका मागसँगै उपचारको विषयले समेत ध्यानाकर्षण गराएको छ। काठमाडौंस्थित शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ।

सम्बन्धित समाचार