जनकपुरले टस जित्दै लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो

946 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर लुम्बिनी लायन्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा जनकपुरले बलिङ रोजेको हो।bolts-a-lions-.webp

यस सिजन लुम्बिनी तीन खेलबाट ५ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ। लुम्बिनी अहिलेसम्म अपराजित रहेको छ। यता जनकपुरले चार खेलबाट दुई जित र दुई हारसहित ४ अंक जोडेको छ।

यस खेलका लागि लुम्बिनीले एक र जनकपुरले दुई खेलाडी परिवर्तन गरेका छन्। लुम्बिनीमा अभिशेष गौतमको स्थानमा दिलीप नाथले मौका पाएका छन्। जनकपुरले अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परवेज हुसेन इमोनलाई टोलीमा समेटेको छ।

सम्बन्धित समाचार