हिन्दु-मुस्लिम बिच झडप, एक बालकको अवस्था गम्भीर

1.6k Shares

 विराटनगर,५ बैशाख । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा भएको हिन्दु मुस्लिमको झडपमा परेर एक बालक घाइते भएको छ ।  रामनवमीको र्‍यालीमा मुस्लिम समुदायले अवरोध गरेपछि रानी क्षेत्र तनावग्रस्त बनेको थियो ।

राम नवमीको र्‍याली निकाल्ने क्रममा भएको झडपमा परेर एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी नवराज कार्कीले बताए । अहिले सम्म बालकको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए ।   उक्त बालकको अहिले विराटनगर स्थित कोशी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

सम्बन्धित समाचार