सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृति भेट्रान चेस च्यामपियनसिप भाद्र अन्तिममा

2.8k Shares

अखिल नेपाल चेस संघ को आयोजनामा गण्डकी प्रदेश  प्रथम एफ. एम.सुजेन्द्र प्रसाद श्रेष्ठ ५० बर्षमाथीको भेट्रान चेस च्यामपियनसिप सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री गुरुङले कार्यक्रममा संबोधन गर्दै भन्नुभयो मानसिक खेलको रूपमा समेत चिनिने यो खेलको बिकास र बिस्तारमा आफुले जोड दिने बताउनु भयो । उहाँले जोड दिदै भन्नुभयो जुनसुकै उमेर समुह पुरुष महिलाले सहज खेल्न मिल्ने यस खेल सबैको लागि महत्वपुर्ण रहेको बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अथिति दिपेन राइले नेपालको चेस चिनारीको रूपमा परिचित फिडे मास्टर्स सुजेन्द्र प्रसाद श्रेष्ठको योगदानलाई कदर गर्दै सात वटै प्रदेशमा भेट्रान च्यामपियनसिप आयोजना गरेको बताए ।  

उनले थपे भाद्र महिनाको अन्तिममा सात वटै प्रदेशबाट छनौट भएका खेलाडीहरू बागमती प्रदेशबाट १० , लुम्बिनी प्रदेशबाट ५ , कर्णाली प्रदेशबाट ५ , सुदुरपश्चिम प्रदेशबाट ५ , कोशी प्रदेशबाट १० , मधेश प्रदेशबाट ५ , गण्डकी प्रदेशबाट ५  र थप ५ जना गरि ५० भेट्रान खेलाडीहरूको सहभागीतामा एफएम सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा प्रथम भेट्रान ५० वर्षमाथिका नेश्नल चेस च्यामपियनसिप २०८१ आयोजना गरिएको बताए । 

 कार्यक्रमको अध्यक्षता अखिल नेपाल चेस संघ गण्डकी प्रदेश संयोजक खेमराज खनाल (के.पी) प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका पुर्ब सामाजिक बिकास मन्त्री माननिय पंञ्चराम गुरूङ , कार्यक्रमको बिशिष्ट अतिथि अखिल नेपाल चेस संघका अध्यक्ष तथा नेपाल बुद्धिचाल महासंघका बरिष्ठ उपाध्यक्ष दिपेन राइ गण्डकी बुद्धीचाल संघ अध्यक्ष युवराज भण्डारी , कास्की जिल्ला बुद्धीचाल संघ अध्यक्ष ,पुर्ब नेपाल बुद्धीचाल संघका केन्द्रीय सदस्य  बाबुराम पन्त,महेश्वर अधिकारी लगायत चेसचेस संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । उक्त खेलमा रामबहादुर क्षेत्री, बुद्धिराज शर्मा र बिनोद नाल्मि तृतीय भएका छन् । 

सम्बन्धित समाचार