प्राधिकरण पूर्ववत् निर्णयबाट ब्याक हुन बाध्य

1.3k Shares

काठमाडौँ ।  विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । 

डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।  'लाईन काटिएका छ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ', निर्णयमा उल्लेख छ । सरकार परिवर्तन सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए, प्राधिकरणले उद्याेगहरूलाइ आगामी तीन महिनाभित्र डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महशुल बक्यौता तिर्न थप समय दिएकाे छ।
तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ । 

 

सम्बन्धित समाचार