अपडेटः विमान दुर्घटनामा १८ को मृत्यु, प्रधानमन्त्रीले गरे निरिक्षण

246 Shares

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

विमानमा सवारः १९ जनामध्ये १८ जना नेपाली र १ जना यमन नागरिक, मर्मतको लागि पोखरा जान लागेको सौर्य एयरलाइन्सले जानकारी दिएको छ । 

घाइते क्याप्टेनको भने केएमसी अस्पतालमा उपचार जारी रहेको बताइएको छ । यस्तै, दुर्घटनास्थलमा प्रधानमन्त्री केपी ओली समेत सहभागी भएका छन् । 

सम्बन्धित समाचार