काठमाडौं । काठमाडौं महानगरपालिकाले काभा वुमन्स भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई सम्मान गरेको छ ।
आज महानगर कार्यालयमा कार्यक्रमको आयोजना गरेर मेयर बालेन्द्र साहले खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गरेका हुन् ।
बुधबार भएको फाइनल खेलमा ३-२ सेटले भारत विजेता र नेपाल उपविजेता भएको थियो । प्रतियोगिता सम्पन्न भएको भोलिपल्टै महानगरका मेयर बालेन्द्र साहले खेलाडी, अफिसियल र संघका पदाधिकारीलाई बोलाएर सम्मान कार्यक्रमको आयोजना गरेका हुन् । महानगरले खेलाडीलाई जनही १ लाख र अन्य अफिसियललाई जनही ५० हजार रुपैयाँले सम्मान गरेको छ ।
लिग चरणको खेलमा भने नेपालले भारतमाथि सानदार रूपमा बिजयी भएको थियो । प्रतियोगितामा नेपालसहित ५ टोली सहभागी थिए।