वर्षौंपछि शेयर कारोबारमा नयाँ रेकर्ड

1.7k Shares

काठमाण्डौं । साताको पहिलो कारोबारको दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजारको कारोबार भएको छ । यो सँगै नेपाली इतिहासमा शेयर कारोबारले नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

सो कारोबार रकमलाई तोडेर आज २५ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ ।

आज शेयर बजार नेप्से सूचक ९४ दशमलव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । आज भएको कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार